सोमबार, चैत १६, २०८२

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन 

मेरोन्यूज २०८० फागुन २८ गते ७:३८

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको २०८१ सालको क्यालेन्डर प्रकाशन भएको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी ग्राहकहरू समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्बिरहरू मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको बैंकले जनाएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरूलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । ग्राहकहरूले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेबसाइट www.mahalaxmibank.com मार्फत डाउनलोड गर्न सक्नेछन् ।

विगत देखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

प्रतिक्रिया