चितवनमा खैरोहेरोइन जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ
मेरोन्यूज
२०८० फागुन २८ गते ८:२२

चितवन । चितवनमा लागुऔषध खैरोहेरोइन जस्तो देखिन पदार्थ सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्जुङको सुन्दरबस्ती नगरपालिका ३ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर १७ बस्ने अनिल गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुरुङले आफ्नै घरमा लागूऔषध लुकाई छिपाई राखी बिक्री वितरण गर्ने भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चनौलिबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो। उनको घरमा खानतलासि गर्दा लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम र २ हजार ३ सय ८० रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ।
गुरुङलाई आजै जिल्ला अदालत चितवनबाट म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया