एक हजार एक सय वढी पृष्ठको संग्रहणीय पुस्तक सार्वजनिक

काठमाडौं । इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठद्धारा रचित अन्तरङ्गका तरङ्गहरु (इतिहास, संस्कृति र पुरातत्वहरु) नामक ऐतिहासिक पुस्तक सोमबार एक भव्य कार्यक्रमवीच विमोचन भएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमा एक सय एक वटा लेखहरुको संकलन रहेको छ । पुस्तक एक हजार एक सय ३६ पृष्ठको मोटो छ । पुस्तकको मूल्य पाँंच हजार राखिएको छ । पुस्तकको प्रकाशन भक्तपुर इटाछेंस्थित संचित बचत तथा श्रृण सहकारी संस्था लिमिटेडले गरेको छ ।
लेखक प्राडा श्रेष्ठले पुस्तक आफनो जीवनको कमाई भएको बताए । ४० वर्षदेखिको मेहेनतको फलको रुपमा पुस्तक प्रकाशन भएको उनको भनाई थियो । आफूले लेखेका लेखहरुका थप परिमार्जन, पुनर्लेखनसहित थप तथ्य र तथ्यांकका साथ पुस्तक प्रकाशन गरेको उनले जनाए । पुस्तकमा लेखहरुसँंगै सम्वन्धित तस्वीरहरु पनि रहेका छन् ।
पुस्तक विमोचन समारोहका वक्ता विशिष्ट व्यक्तित्वहरुले पुस्तक इतिहास, संस्कृति अनि पुरातत्वका विषयमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि एउटा दस्तावेजको रुपमा रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुस्तक भावी पुस्ताका लागि उपयोगी संग्रहणीय रहेको बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संस्कृति शिरोमणि हरिराम जोशी, वौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा त्रिरत्न मानन्धर, प्राध्यापक हेमन्तशमसेर राणा, वरिष्ठ साहित्यकार तथा भ्रष्टाचार विरुद्धका अभियन्ता भरतमणि जंगम, अर्थविद् निरञ्जनकुमार टिबरेवालालगायतले पुस्तक संग्रहणीय रहेको भन्दै लेखकप्रति आभारी प्रकट गरे ।
कार्यक्रममा प्रकाशित पुस्तककाबारेमा त्रिभुबन विश्वविद्यालय नेपाल भाषा केन्द्रिय बिभागका प्रमुख राजनलाल (रास) जोशीले प्रकाशित पुस्तकको समिक्षा गर्दै पुस्तक हेरक हिसावले उत्कृष्ट देखिएको जनाए । साहित्यकार एवं भाषाविद् सूर्य लाकोजूले समिक्षा गर्दै झट हेर्दा नामले पुस्तक र्रगिविरंगी कुराको हो कि जस्तो लागे पनि पुस्तकका नामको कोष्ठभित्र इतिहास, संस्कृति र पुरातत्वहरु शव्द थपिंदा पुस्तकको नाम सार्थक रहेको बताए । इतिहास, संस्कृति र पुरातत्वका विषयमा लेखकको अनुसन्धान मात्रै नभई त्यसमाथि लेखको विचार, विश्लेषणसहितको घोत्लाइ रहेकाले पुस्तकको नाम उपयुक्त भएको विश्लेषण गरे । सामान्य भाषा, बाक्य संरचना र भाषाशैलिको मिठासले पुस्तकमा गहिरो कुरा रहे पनि सवैले बुझने किसिमका रहेको पाइएको बताए ।
कार्यक्रममा पुस्तक तयार गर्न साथ दिने लेखकका मित्र विनोदराज शर्माद्धारा लेखकलाई सम्मानका साथै लेखकमार्फत् पुस्तक तयार पार्न सहयोग गर्ने मित्र तथा विद्यार्थीलाई पुस्तक उपहार दिइएको थियो । लेखक प्राडा श्रेष्ठ ख्वप कलेज देकोचा भक्तपुरका इतिहास एवं संस्कृति विषयका प्राध्यापक पनि हुन् ।
कार्यक्रम प्रकाशक संस्था संचित बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष योगेन्दबहादुर खर्वुजाको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार एवं अधिवक्ता गजेन्द्रशंकर तिमिला र धन्यवाद संस्थाका अर्का सल्लाहकार विनोदचरण रायले गरेका थिए । विमोचन समारोहमा काठमाडौं, ललितपुर, भक्तपुरलगायतका जिल्लाका इतिहास, संस्कृति, पुरातत्वलगायत अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
लेखक प्राडा श्रेष्ठका यसअघि पनि एक दर्जन वढी पुस्तकहरु प्रकाशित भइसकेका छन् । उनी इतिहास एवं संस्कृतिका विषयमा निरन्तर अध्ययन, अध्यापन र अनुसन्धान गरिरहेका छन् ।


















अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
4 dead in crashes involving over 30 vehicles in ‘brown out’ conditions on Colorado interstate
२२ करोड पैतालिस लाख राजस्व सङ्कलन
Vice President Yadav’s best wishes on Gyalpo Lhosar
Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया