सेयर बजारमा उच्च अंककाे वृद्धि

काठमाडौं। नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
आज शेयर बजार नेप्से परिसूचक ५८ दशलमव ५८ अंकले बढेर २,१११ दशमलव २४ को विन्दुमा कायम भएको छ ।
मंगलबार सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक, निर्जीवन बीमा उपसूचक र माइक्रोफाइनान्स उपसूचक सर्वाधिक बढेको हो ।
आज २२० कम्पनीको शेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । मंगलबार ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २४ करोड ९ लाख रुपैयााको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइनस्योरेन्सको १५ करोड ७१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै हिमालयन ८० २० का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया