मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन : केपी ओली
मेरोन्यूज
२०८० फागुन ३० गते १३:०३

काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने बारे कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३÷१३ वर्ष, वा १५÷१५ वर्षको कसैले गरेको छैन । प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ क्यार । प्रधानमन्त्री जोसुकै होस् ।’
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया