नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बन्याे भाइबर
मेरोन्यूज
२०८० चैत १ गते ८:०५

काठमाडाैँ । सामाजिक सञ्जाल भाइबर नेपालमा दर्ता भएको छ । योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बनेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको हो ।
लिंकदिन् र स्न्याप च्याट पनि दर्ताको प्रक्रियामा रहेको मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया