मंगलबार, पुष २९, २०८२

फेरि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८० चैत १ गते ११:२१

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गत आइतबार नेपाली बजारमा छापावाल सुन १ लाख २६ हजारमा कारोबार भएको थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो।

त्यस्तै, आज तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसदिन चाँदी मूल्य एकै दिन ५० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया