सोमबार, माघ १२, २०८२

कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको कांग्रेसको ठहर

मेरोन्यूज २०८० चैत १ गते १२:०४

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शीर्ष नेतृत्वको छलफलले उक्त निष्कर्ष निकालेको हो । सभापति निवासमा उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, डा। शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेता भेला भएका थिए ।

छलफलपछि महामन्त्री गगन कुमार थापाले प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।

‘न यसको विकल्प छ, न यसलाई विघटन गर्न सकिन्छ, न अविश्वासको प्रस्ताव ल्याउन मिल्छ भनेर मुख्यमन्त्री कार्कीले तर्क र दलील प्रस्तुत गर्नुभयो । हामी सबैको निष्कर्ष पनि त्यही नै हो,’ थापाले भने ।

प्रतिक्रिया