बुधबार, पुष १६, २०८२

प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट

मेरोन्यूज २०८० चैत १ गते १८:४६

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ ।

नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको हो।

कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।

बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको बताइएको छ ।

प्रतिक्रिया