‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि

काठमाडौं । नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ ।
‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत ७ देखि १० गतेसम्म हुन लागेको हो ।
“युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सिर्जनशीलता नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त हर्षित छु”, नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा.जोएल इभोनेटले भने ।
मार्टिन म्याकडोनागले निर्देशन गरेको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन गर्दै सुरू गरिने उक्त महोत्सवमा एउटा नेपाली र युरोपियन गरी दुई चलचित्र प्रदर्शन गरिने छन् । महोत्सव अवधिभर नौ युरोपियन र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् ।
महोत्सवमा युरोपियन चलचित्रतर्फ मार्टिन म्याकडोनागले निर्देशन गरेको ‘द ब्यानशीस अफ इनीशेरीन’, मेरियन ब्लिचरले निर्देशन गरेको ‘मिस भिर्बोग’, इम्यानुएल प्रभुले निर्देशन गर्नुभएको ‘मिकादो’, पिलर पालोमेरोले निर्देशन गरेएको ‘स्कुल गर्ल्स्, एन्टोनियो लुकीचले निर्देशन गरेको ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’, इभान ओस्ट्रोचोभ्स्कीले निर्देशन गर्नुभएको ‘सरभेन्टस’, भिक्टर बोजिनोभलले निर्देशन गरेको ‘द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड’, जाइदा बरग्रोथले निर्देशन गरेको ‘टोभ’ र रोड्रिगो सोरोगोएनले निर्देशन गरेको ‘द बीस्ट’ प्रदर्शन गरिने छन् ।
महोत्सवमा नेपाली चलचित्रतर्फ शान्ता नेपालीले निर्देशन गरेको ‘डाय ड्रिम्स’, गोपाल आचार्यले निर्देशन गर्नुभएको ‘डिभिनेसन’ (आखत), समाल बज्राचार्यले निर्देशन गर्नुभएको ‘हावाम्यान’, निमा गेलु शेर्पाले निर्देशन गरेको ‘काठमाडौँ मनसुन’, अतिन श्रेष्ठले निर्देशन गर्नुभएको ‘मखमली उडान’, रजिन महर्जनले निर्देशन गर्नुभएको ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरीले निर्देशन गर्नुभएको ‘रातो पछ्यौरी’, आकाङ्क्षा कार्कीले निर्देशन गरेको ‘सनाई’, स्वोयन मास्के मानन्धरले निर्देशन गरेको ‘द बुल, द काउ, द काल्फ’, सन्तोष दाहालले निर्देशन गर्नुभएको ‘द मिराज’ र अनिल कुर्मीले निर्देशन गरेको ‘रिल’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
काठमाडौँपश्चात् यही चैत २८ र २९ गते सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम विश्वविद्यालयको हल, २०८१ वैशाख ३ गते लुम्बिनी प्रदेशको नेपालगञ्ज तथा वैशाख ७ र ८ गते कर्णाली प्रदेशको सुर्खेत, वीरेन्द्रनगरमा पनि चलचित्र देखाइने महोत्सव आयोजकले जानकारी दिएको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया