सोमबार, चैत ३०, २०८२

नेविसंघमा ४१ केन्द्रीय सदस्य थप

मेरोन्यूज २०८० चैत ३ गते १६:१०

काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ४१ जना थप भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको थियो।

सभापति देउवाले विसं २०७८ चैत ९ गते केन्द्रीय अध्यक्षमा शेर्पालाई नियुक्त गरेका थिए। शर्पाले आगामी असारमा १२औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।


 

प्रतिक्रिया