साहित्य समाजद्वारा गोपीचामाथि परिचर्चा

काठमाडौं । सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा विश्व कुँइकेलको उपन्यास गोपीचामाथि परिचर्चा गरेको छ। शुक्रबार आयोजित कार्यक्रका वक्ताहरूले गोपीचामाथि परिचर्चा गर्दै पुस्तक पढ्दा आफू बाँचेको समाजलाई हेर्न र बुझ्न सजिलो हुने बताएका थिए। पुस्तक पढ्दा करिव १० दशकअघिको समाज र परिवेशलाई बुझ्न सहज हुने वक्ताहरूले बताएका थिए।
काठमाडौंमा बाहुन परिवारमा जन्मिएका र हुर्के बढेका उपन्यासकार कुँइकेल हाल बझाङमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्।
उपन्यासकार कुँइकेलको उपन्यास ‘गोपीचा’ बारेको पुस्तक परिचर्चाका क्रममा वक्ताहरूले ३ वटा कालखण्डलाई जोडेर जातीय छुवाछूत तथा सामाजिक विभेदको विषयलाई यथार्थपरक ढंगले चित्रण गरिएको चर्चा गरेका थिए।
‘उपन्यासकार कुँइकेलले ३ पुस्ताअघिको समय र समाजलाई इतिहासका रुपमा प्रस्तुत गर्नुभएको छ,’ कार्यक्रममा प्रमुख अतिथि रविन्द्र केसीले भने, ‘भूगोल, समाज र समय हेरेर वा बुझेरमात्रै साहित्य बुझिँदैन, लेखिँदैन, साहित्य लेख्न मान्छेलाई बुझ्नुपर्छ।’
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिाआइजी) समेत रहेका साहित्यकार केसीले लागूऔषध दुर्व्यशनका कारण कतिपय परिवार नै उजाडिएको प्रसंग कोट्याउँदै ती परिवारभित्र थुप्रै कथाहरू रहेको रु लेख्न सक्नुपर्न बताए।
कार्यक्रममा उपन्यासका लेखक कुँइकेलले पुस्तकको आवरणमा श्रीपेच अंकित गरिएकोबारे चर्चा गरे। ‘हाम्रो मुलुकमा अनगिन्ती गोपीचाहरूको लाशमाथि धेरैले शासन गरेका छन्, तर गोपीचाहरूले कहिल्यै सम्मान पाएनन्। यो (श्रीपेच) तिनै गोपीचाहरूलाई समर्पित गरेको हुँ,’ उनले भने।
उनले पुस्तकमा तीन वटा कालखण्ड (राणाकाल, झापा विद्रोह र अहिलेको समय) लाई आधार बनाएर एउटा विषयमा लेखिएको कृतिका रुपमा गोपीचा उपन्यास रहेको बताए। उनले समतामूलक समाजको स्थापना नभएसम्म जातीय छुवाछ्रूत र सामाजिक विभेदका विरुद्ध लेखिरहनु पर्ने धारणा राखे।
कार्यक्रमको अध्यक्षता गरेका साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले पछिल्ला वर्षहरूमा पठन संस्कृतिमा ह्रास आइरहेकोप्रति चिन्ता व्यक्त गर्दै लेखन र पठन संस्कृतिलाई बलियो बनाउन बहस आवश्यक रहेको बताए। गोपीचा उपन्यासलाई ‘सामाजिक परिवर्तनको आह्वान’का रुपमा उनले व्याख्या गरे।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भाषा, संस्कृति र राष्ट्रियताको संरक्षण र सम्वर्द्धनमा साहित्यको अहम् भूमिका रहेको चर्चा गरे। सामाजिक विभेद र छुवाछुतको संस्कार र अभ्यास भत्काउन व्यक्तिबाटै पहल जरुरी रहेको बताए।
उपन्यासको समिक्षा गर्दै समिक्षक नरेन्द्र भट्टले ‘गोपीचा’ उपन्यासले कठोर कालखण्डको निर्मम वर्णन गरेको बताए। ‘उपन्यासकारले आफूलाई राणाकालीन कठोर समाजको अंशका रुपमा प्रस्तुत गर्नुभएको छ,’ भट्टले भने, ‘इतिहासले कुनै जातीविशेषलाई अपमान गरेको छ, सिमान्त बनाएको छ। त्यसैले इतिहासको पुनर्लेखन हुनुपर्छ भन्ने यो उपन्यासको आह्वान हो।’
यस्तै समिक्षक तुलसी शर्माले गोपीचा उपन्यास सरल भाषा र शैली, कौतुहल र जिज्ञासाले भरिएको उत्कृष्ट कृति भएको बताइन्। उनले बाहुनको छोरो र च्यामे (दलित) सँग प्रेम गर्ने गोपीको नामको पछाडी “चा” जोडिएर कठोर कालखण्डको सामाजिक विभेदविरुद्धको विद्रोहलाई उपन्यासले उजागार गरेको बताइन्।
पत्रकार मनमोहन स्वारले नेपाली समाजमा अहिले पनि कुनै न कुनै रुपमा विद्यमान सामान्ती सोच, संरचना र अभ्यासको पूर्ण रुपमा अन्त्य नभएसम्म त्यसका विरुद्ध निरन्तर साहित्य सिर्जना भइरहनु पर्ने बताए।
सो अवसरमा साहित्यकार लछिराम आचार्य पनि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन साहित्य समाजका महासचिव गणेश नेपालीले गरेका थिए भने कार्यक्रममा साहित्य समाजका सदस्य दलबहादुर बोगटीले स्वागत गरेका थिए।
















भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया