सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छः मुख्यमन्त्री शाह

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताए ।
आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उनले अग्रजले परम्परागतरूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए।
मुख्यमन्त्री शाहले सुन चाँदी व्यवसायको कला र सीपलाई समाजले सम्मान गर्न आवश्यक रहेको बताउँदै सो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।
पछिल्लो समय विदेशी गहनाहरूले बजार लिइरहेको अवस्थामा नेपाली गहना ओझेलमा पर्न सक्ने खतरा रहेको उनको भनाइ थियो । उनले परम्परागत मौलिक संस्कृति झल्किने गरगहना लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।
“सुन चाँदी व्यवसायीका थुप्रै समस्या छन् तर समस्याका बाबजुद पनि तपाईँहरू अगाडि बढ्नुभएको छ, प्रदेश सरकार तपाईँहरूको पेसामा आँच आउन दिन्न”, उनले भने ।
मुलुकको अर्थतन्त्रमा मात्र नभइ राष्ट्रको समृद्धिका लागि सुन चाँदी व्यवसायीको भूमिका अपरिहार्य भएको उनले बताए ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताए । सरकारले परम्परागत गहनालाई मान्यता प्रदान गर्नुपर्ने बताउँदै उनले यसका लागि आवश्यक कानुनसमेत बनाउनुपर्ने बताए ।
















झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया