राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति हाबी छः अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्नुपर्ने बताए ।
रौतहट–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति बोकेका समूह, पार्टीहरू देश र जनताको प्रमुख समस्याको रूपमा देखापरेको बताए।
कांग्रेससँग प्रतिस्पर्धा, सङ्घर्ष र कहिलेकाहीँ सहकार्य पनि हुने बताउँदै अध्यक्ष नेपालले भने, “सङ्घर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीलाई अस्वीकार र बेवास्ता गर्ने शक्तिप्रतिसमयमै सजग हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी रहेको बताए ।
अहिले दलाल पुँजीपति वर्ग नेपाली समाजको प्रमुख शत्रु रहेका उनको भनाइ थियो । अध्यक्ष नेपालले देश र जनतालाई हित हुने विषयमा हामीले जोसँग पनि सहकार्य गर्नुपर्ने विचार व्यक्त गरे ।
















NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया