सामुदायिक वनमा लागेकाे आगाे गाउँमा सल्किदा तीन घर जलेर नष्ट

उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–३ भोर्लेनीको नवउदय सामुदायिक वनमा आगलागी भएको छ। शनिबार भएको उक्त आगलागि भोर्लेनी गाउँमा सल्किदा तीन घर र तीन गोठ जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार नवउदय सामुदायिक वनमा लागेको आगो नजिकैको गाउँमा हावाहुरीले ल्याएपछि भोर्लेनीका गाउन राई, मनकुमारी राई, जगतबहादुर राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको तीन घर र तीन गोठ जलेर नष्ट भएका छन् ।
आगलागीका कारण घरमा भएका सबै अन्न, लत्ताकपडा र नगदसहित सुनचाँदी सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए। उनका अनुसार आगलागीबाट करिब रू ४६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
सामुदायिक वनको आगो गाउँमा प्रवेश गरेपछि प्रहरीको टोली र स्थानीयवासी मिलेर शनिबार रातिसम्ममा आगो नियन्त्रणमा लिइएको प्रनाउ चौधरीले बताए ।
















चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज पनि घट्याे सेयर बजार
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया