न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८० चैत ४ गते २१:२८

काठमाडौं। वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्।
समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसको लागि १४ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक २ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।
पीडितबाट पटक पटक गरी जम्मा ४ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत २ गते मिनभवनबाट पक्राउ गरेको हो।
भट्टराईमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको छ।
सम्बन्धित
















सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा
Bus hit kills toddler
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
सङ्खुवासभा बोलेरो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया