एकीकृत समाजवादीले महाधिवेशनका लागि बनायो १३ समिति

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म यहाँ आयोजना हुने महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको छ।
महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार समितिको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ।
प्रतिनिधि व्यवस्थापन समितिमा वेदुराम भुसाल, अर्थ परिचालनमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य समितिमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात समितिमा विजय पौडेल, प्रचार– प्रसार समितिमा जगन्नाथ खतिवडा, र स्वास्थ्य समितिको जिम्मेवारी नागेन्द्र चौधरीलाई दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
यसैगरी, आवास व्यवस्थापन समितिमा सावित्रा भुसाल, खाद्य व्यवस्थापनमा केदार सञ्जेल, मञ्च व्यवस्थापनमा गंगालाल तुलाधर, स्वयंसेवक परिचालनमा केशवबहादुर विष्ट र सचिवालय व्यवस्थापनमा घनश्याम भूसाललाई संयोजक तोकिएको छ।
पार्टी अध्यक्ष नेपाल संयोजक रहेको महाधिवेशन व्यवस्थापन मूल समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया