शनिबार, चैत २८, २०८२

चौथो पटक मन्त्री बन्दै दीपक मनाङे

मेरोन्यूज २०८० चैत ५ गते १३:२६

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

स्रोतका अनुसार निर्विरोध निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्दै छन् । मनाङेले आजै शपथ लिने तयारीसमेत भइसकेको बुझिएको छ।

उनी चौथो पटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रूपमा विजयी भएका मनाङे पछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । तर, यही साता उनले एकीकृत समाजवादी त्यागेको जानकारी गराउँदै प्रदेशसभा सचिवालयमा निवेदन बुझाएका छन् ।

प्रतिक्रिया