माओवादी पदाधिकारी बैठक जारी
मेरोन्यूज
२०८० चैत ६ गते ९:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे पछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखी सुरू भएको हो ।
बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारी देखी केन्द्रिय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।
महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ ।
महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिए पछि माअोवादीले पदाधिकारी बैठक बोलाएको हो।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया