रविको बचाउ गर्दै ओलीले भने- कांग्रेसतिर लागेन भनेर बदनाम गर्न खोज्ने ?
मेरोन्यूज
२०८० चैत ६ गते १२:१५

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।
प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले कांग्रेस गृहमन्त्री लामिछानेलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप लगाए ।
सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले राजीनामा मागिरहेको बेलामा उनले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ? कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’
बरु तत्कालीन समयमा कांग्रेसबाट भएका मन्त्रीले झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानबिन र अनुसन्धान प्रभावित गर्न खोजेको ओलीले दाबी गरे ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया