रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक छैन : केपी ओली

काठमाडौं। प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी रकम हिनामिनामा मुछिएका उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन बनाउन नपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको थियोे ।
यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेविरुद्ध प्रतिशोधपूर्ण अभिव्यक्ति दिएको र संसदीय छानबिन समिति बनाउनु पर्ने अवस्था नरहेको बताएका हुन् ।
सरकारबाट बाहिर भएकाले कांग्रेसले उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्न नहुने भन्दै अध्यक्ष ओलीले भने, ‘सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन ।’














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया