मंगलबार, वैशाख १५, २०८३

खैरो हिरोइनसहित चार जना पक्राउ

मेरोन्यूज २०८० चैत ६ गते २०:०५

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ बाट एक ग्राम खैरो हिरोइनसहित चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता बिकलाई गरेको हो।

पक्राउ परेकी बिकको साथबाट लागूऔाषध खैरो हिरोइन एक ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै वीरगञ्ज महानगरपालिका–१५ चालीस फिट्टे स्थित सडकखण्डबाट बा.९५ प २३०३ नम्बरको स्कुटीमा सवार रौतहट चन्द्रनगर नगरपालिका–५ बस्ने सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने बिजय साहलाई पनि खैरो हिरोइनसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

पक्राउ परेका चारैजनालाई लागूऔषध समबन्धि कसुरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रतिक्रिया