इजरालयमा मेनपावरमार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ : मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्ना नरहेको बताए ।
उनले, इजरायलमा मेनपावरमार्फत् कामदार पठाउने विषयमा छानबिन थालेको बताउनुभयो । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले इजरायलमा ‘जी टु जी’ र ‘लर्न एण्ड अर्न’ कार्यक्रमबाहेक कुनै तरिकाले कामदार पठाउने सम्झौता नभएको बताए। सो विषयमा छानबिनपछि मात्रै केही जवाफ दिने उनले बताए ।
मन्त्री अर्यालले देशमा आन्तरिक रोजगारीको लागि छलफल अगाडि बढाइसकेको बताउँदै यसमा गम्भीर ध्यान गएको बताए । यसलाई घोषणा मात्रै सीमित नराखेर टाइमलाइन दिएर पहल गर्ने प्रयास गरेको मन्त्री अर्यालको भनाइ छ ।
उनले भने, “प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता रहन्छ । यसलाई कसरी लिएर जाने भनेर विचार गरिरहेका छौँ । यसलाई उत्कृष्ट बनाउनलाई सबैसँग सल्लाह सुझावको अपेक्षा गरेका छौँ ।”
उनले सामाजिक सुरक्षामा करारको ४० हजार कर्मचारी आबद्ध गराउने विषयमा बहस चलिसकेको भन्दै त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।
















यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया