कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

आजमिति २०८० साल ,चैत्र ७ गते तदअनुसार मार्च २०, २०२४ बुधवार, शुक्लपक्षको एकादशी तिथि, पुष्य नक्षत्र, अतिगण्ड योग । कर्कट राशिमा चन्द्रमा । यो अति अशुभ योग हो ।
- अभिजित् मुहूर्त: बिहान ११:४८ देखि १२:३६ सम्म,
- काठमाण्डौंमा सुर्योदय: बिहान ०६:०९
- सुर्यास्त: बेलुका ०६:१५ बजे
मेष : मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला। साँझमा परिवारजनको साथले नयाँ आशा पलाउनेछ।
- शुभ रंग: हरियो
- शुभ अंक – ४
वृष : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। घरायसी कार्य अगाडि बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न।
- शुभ रंग: सुन्तला
- शुभ अंक – १
मिथुन : महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। दैनिक काम अगाडि बढ्नेछन्। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
- शुभ रंग: वैजनी
- शुभ अंक – ५
कर्कट : मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। पारिवारिक सद्भाव बढ्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ।
- शुभ रंग: निलो
- शुभ अंक – ८
सिंह : ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मनमा दुबिधा उत्पन्न होला। सानातिना समस्यामा अल्झनुपर्नेछ। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ, सचेत रहनु होला। साँझमा आफन्तसँग भेटघाट हुनेछ।
- शुभ रंग: सेतो
- शुभ अंक – ९
कन्या : ठीक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।
- शुभ रंग: पहेलो
- शुभ अंक – ७
तुला : रमणीय र सुखद यात्रा हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।
- शुभ रंग: रातो
- शुभ अंक – ८
वृश्चिक : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ।
- शुभ अंक – ६
- शुभ रंग : सेतो
धनु : समस्या समाधानका लागि चालिएको कदम निरर्थक हुन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ। साँझमा भने धनलाभ हुनसक्छ।
- शुभ रंग: निलो
- शुभ अंक – ७
मकर : नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। सेयर बजारमा लगानीको अवसर जुट्नेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
- शुभ रंग: रातो
- शुभ अंक – ३
कुम्भ : रमणीय र सुखद यात्राको योग छ। अतिथिका रूपमा सम्मान पाइनेछ। मनोरञ्जक कार्यक्रममा सहभागी भइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। नयाँ सफलता मिल्न सक्छ।
- शुभ रंग: कालो
- शुभ अंक – ९
मीन : विश्वासपात्रले काममा साथ दिनेछन्। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधार आउला।
- शुभ रंग: निलो
- शुभ अंक – ४
















प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया