मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् ।
मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने भागेर बाँचेका छन् ।
प्रहरीका अनुसार राति करिब १ बजे ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएका थिए ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै छ ।
















कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया