सोमबार, पुष २८, २०८२

बुधबार कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० चैत ७ गते १२:२७

काठमाडौं। सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया