शिक्षा, स्वास्थ्य समितिको सभापतिमा थापा निर्वाचित

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा अम्मरबहादुर थापा निर्वाचित भएका छ ।
समितिको सभापतिमा आज निर्वाचित भएलगत्तै उनले आजै बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरे ।
नव निर्वाचित सभापति थापाले शिक्षालाई विशेष सुधार गरेर लग्न आफ्नो प्रयत्न हुने बताए । “म पाएको जिम्मेवारी राम्ररी फत्ते गर्नेमा विश्वास राख्छु”, उनले भने, “स्वास्थ्य र शिक्षा संवेदनशील विषय हुन् । शिक्षा क्षेत्रको बृहत् सुधारका लागि ऐन बन्दैछ । शिक्षाको गुणस्तरमा वृद्धि र शिक्षकलाई कर्मचारीसरह बनाउनेदेखि सबै जनताको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर समितिमा काम गर्नेछु ।”
नवनिर्वाचित सभापति थापाले बिहीबार पदबहाली गर्ने कार्यक्रम रहेको छ । दोलखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनीे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट प्रतिनिधित्व गर्छन् ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया