बुधबार, मंसिर १७, २०८२

मिथुनका रोकिएका काम पुनः सुरु हुने, अन्य राशिकाे कस्ताे छ दिन?

मेरोन्यूज २०८० चैत ८ गते ७:३५

आजमिति २०८० साल ,चैत्र ८ गते तदअनुसार मार्च २१, २०२४ बिहिबार, शुक्लपक्षको द्वदशी तिथि, अश्लेशा नक्षत्र, सुकर्मा योग । कर्कट राशिमा चन्द्रमा । यो शुभ योग हो । 

  • अभिजित् मुहूर्त: बिहान ११:४७ देखि १२:३५ सम्म,
  • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:०६
  • सुर्यास्त: बेलुका ०६:१५ बजे 

मेष : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। सामान हराउने वा चोरी हुने सम्भावना छ, अतः सजग गर्नुहोला।

  • शुभ रंग: सेतो
  • शुभ अंक – ७

वृष : धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।

  • शुभ रंग: हरियो
  • शुभ अंक – ६

मिथुन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। लामो यात्रा सुखद र सफल हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ।

शुभ रंग: रातो

  • शुभ अंक – ८

कर्कट : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

  • शुभ रंग: पहेलो
  • शुभ अंक – २

सिंह : केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ।

  • शुभ अंक – ६
  • शुभ रंग : सेतो

कन्या : विशेषगरी नयाँ काम प्रारम्भ गर्ने मौका छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। तर, सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।

  • शुभ रंग: हरियो
  • शुभ अंक – ५

तुला : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

  • शुभ रंग: कालो
  • शुभ अंक – ९

वृश्चिक : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।

  • शुभ रंग: निलो
  • शुभ अंक – ४

धनु : दिन त्यति राम्रो देखिँदैन। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। खानपिन कार्यमा सरिक भइनेछ।

  • शुभ रंग: रातो
  • शुभ अंक – ३

मकर : अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। स्वादिष्ट भोजन पाइनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। तर, विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला।

शुभ रङ्ग: कालो

  • शुभ अंक – ९

कुम्भ : कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। पारिवारिक सद्‌भाव र सहयोग मिल्नेछ।

  • शुभ रंग: निलो
  • शुभ अंक – ८

मीन : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ।

  • शुभ रंग: हरियो
  • शुभ अंक – २

प्रतिक्रिया