मिथुनका रोकिएका काम पुनः सुरु हुने, अन्य राशिकाे कस्ताे छ दिन?

आजमिति २०८० साल ,चैत्र ८ गते तदअनुसार मार्च २१, २०२४ बिहिबार, शुक्लपक्षको द्वदशी तिथि, अश्लेशा नक्षत्र, सुकर्मा योग । कर्कट राशिमा चन्द्रमा । यो शुभ योग हो ।
- अभिजित् मुहूर्त: बिहान ११:४७ देखि १२:३५ सम्म,
- काठमाण्डौंमा सुर्योदय: बिहान ०६:०६
- सुर्यास्त: बेलुका ०६:१५ बजे
मेष : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। सामान हराउने वा चोरी हुने सम्भावना छ, अतः सजग गर्नुहोला।
- शुभ रंग: सेतो
- शुभ अंक – ७
वृष : धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।
- शुभ रंग: हरियो
- शुभ अंक – ६
मिथुन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। लामो यात्रा सुखद र सफल हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ।
शुभ रंग: रातो
- शुभ अंक – ८
कर्कट : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
- शुभ रंग: पहेलो
- शुभ अंक – २
सिंह : केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ।
- शुभ अंक – ६
- शुभ रंग : सेतो
कन्या : विशेषगरी नयाँ काम प्रारम्भ गर्ने मौका छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। तर, सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।
- शुभ रंग: हरियो
- शुभ अंक – ५
तुला : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
- शुभ रंग: कालो
- शुभ अंक – ९
वृश्चिक : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।
- शुभ रंग: निलो
- शुभ अंक – ४
धनु : दिन त्यति राम्रो देखिँदैन। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। खानपिन कार्यमा सरिक भइनेछ।
- शुभ रंग: रातो
- शुभ अंक – ३
मकर : अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। स्वादिष्ट भोजन पाइनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। तर, विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला।
शुभ रङ्ग: कालो
- शुभ अंक – ९
कुम्भ : कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। पारिवारिक सद्भाव र सहयोग मिल्नेछ।
- शुभ रंग: निलो
- शुभ अंक – ८
मीन : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ।
- शुभ रंग: हरियो
- शुभ अंक – २
















दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया