निजगढमा निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय बढी महिला लाभान्वित

बारा । महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सम्पन्न भएको छ ।
साथी नेपालको आयोजना तथा काठमाडौ वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको शिविरमा दुबै वडाका ९ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।
निजगढ नगरपालिका वडा नम्बर ५ र ६ को सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. आषिश बस्नेत सहितको टोलीले पहिलो दिन वडा नम्बर ५ मा ४ सय ७५ बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेका थिए भने दोस्रो दिन वडा नम्बर ६ मा ४ सय २५ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।
शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण तथा उपचार गरिएको थियो ।
पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरुलाई सुबिधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने आयोजक साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताईन ।
महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न शिवीरको आयोजना गरिएको अध्यक्ष सापकोटाले जानकारी दिईन । संविधान सभाका सदस्य एवंम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले शिविरको उद्धाटन गरेका थिए ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया