सोमबार, पुष २८, २०८२

शुक्रबार घट्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० चैत ९ गते ११:२६

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ ।

बिहिबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया