रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

काठमाडाैं । स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य १७,९९९ रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।
५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । ५००० एमएएचको ब्याट्री रहेको यस स्मार्टफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।
७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्यको एक रहेको दाबी गरेको छ भने यस स्मार्टफोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ ।
युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।
















लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया