कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ। महरामा विभिन्न खालको रोग भएकाले उनलाई आजै छाड्ने तयारी रहेको स्रोतले जनाएको छ।
महरा गत ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका थिए । उनलाई सोही दिन काठमाडौं जिल्ला अदालत लगेर ४ दिन म्याद थप गरिएको थियो । अदालतले दिएको म्याद आज सकिँदैछ ।
हाजिरी जमानीमा छाड्नका लागि उनको फाइल सरकारी वकिल कार्यालयमा पठाइसकिएको सीआईबीले जनाएको छ । उक्त कार्यालयको रायपछि सीआईबीमा कागज गराएर महरालाई परिवारको जिम्मा लगाइने बताइएको छ।
महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।
अस्पतालबाटै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लगेर महराको बुधबार र बिहीबार बयान गराइएको थियो।
बयान सकिएको र थप अनुसन्धानका लागि हिरासतमै राख्न आवश्यक नदेखिएकाले उनलाई हाजिरी जमानीमा राखेर मुद्दाको अनुसन्धान अगाडि बढाउने सीआईबीले जनाएको छ।
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया