एमाले समाजवादी मोर्चामा सहभागी हुँदैन : ओली
मेरोन्यूज
२०८० चैत ९ गते १६:२४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने प्रतिक्रिया दिएका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि ओलीले पत्रकारलाई प्रतिक्रिया दिँदै समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् ।
उनले अहिलेको समसामयिक विषयमा प्रधानमन्त्रीसँग राम्रै कुरा भएको बताए ।
दुई नेताबीच संसदमा कांग्रेसको विरोध, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया