स्रोत नखुलेको १० लाख रकमसहित युवक पक्राउ
मेरोन्यूज
२०८० चैत ९ गते १९:१५

काठमाडौं। सिरहाको लहान नगरपालिका–१ गोलचक्करबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह छन्।
बिहीबार दिउँसो उनको साथबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र.०१२–०१–००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको छ।
सम्बन्धित
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया