स्रोत नखुलेको १० लाख रकमसहित युवक पक्राउ
मेरोन्यूज
२०८० चैत ९ गते १९:१५

काठमाडौं। सिरहाको लहान नगरपालिका–१ गोलचक्करबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह छन्।
बिहीबार दिउँसो उनको साथबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र.०१२–०१–००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको छ।
सम्बन्धित












सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया