सुमना श्रेष्ठ हत्या प्रकरणमा आरोपी भुजेल पक्राउ

धरान (सुनसरी) । प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको जानकारी दिए । उनले प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको बताए ।
उनका अनुसार हत्या गरिएकी श्रेष्ठ र हत्या आरोपी भुजेलबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानका क्रममा देखाएको छ । तर गत पुसदेखि श्रेष्ठसंग सम्बन्ध बिग्रिएपछि आरोपी भुजेलले योजनाबद्धरूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रउ रेग्मीले पत्रकार सम्मेलनमा बताए ।
प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरीसमेत सार्वजनिक गरेको छ । यही चैत ६ गते राति हत्या गरी धरान–१८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा फालिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया