शनिबार, चैत २८, २०८२

नेपाल सरकारद्वारा मस्को आक्रमणको निन्दा

मेरोन्यूज २०८० चैत १० गते १४:३१

काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा  भएको साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलाको निन्दा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत घटनाप्रति खेद व्यक्त गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ- ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ ।’

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

सो हमलामा अहिलेसम्म ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया