बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
मेरोन्यूज
२०८२ चैत २८ गते १३:४५

खजुरा (बाँके)। डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट सेवा सञ्चालन भएको हो ।
मेडीकल अधिकृत डा रामगोपाल तिवारी नेतृत्वको १८ सदस्यीय टोलीले चौबिसै घण्टा सेवा सुरु गरेको हो । अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छ ।
सरकारले निर्धारण गरेको मापदण्डअनुसार विपन्न, गरिब, असहाय र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा औषधि वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने डा तिवारीले बताए ।
डुडुवा गाउँपालिकाले विगतमा झैँ यस वर्ष पनि घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
सम्बन्धित
















कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया