सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता

गण्डकी । सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ ।
सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलनसहित प्रतिबद्धता जारी गरेको हो ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोल विकास संस्था र वडा कार्यालयको भूमिकामा समूहगत छलफल गर्दै गोष्ठी प्रस्तुतिमा आएका सुझावलाई नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न÷गराउन सहमत भई प्रतिबद्धतामा हस्ताक्षर गरिएको हो ।
प्रतिबद्धतापत्रमा वडाअध्यक्ष दीपेन्द्र मर्सानी, सदस्यहरू गीता चर्माकार, नन्दराम गिरी, भावना श्रेष्ठ र लक्ष्मी पहारीको रोहवरमा वडाभित्रका सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले हस्ताक्षर गरे ।
प्रतिबद्धतामा वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा न्यायोचित बजेट विनियोजन गर्ने, अभिभावकलाई वडा शिक्षा समितिमार्फत अभिभावक शिक्षा सञ्चालन गर्ने, पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने उल्लेख छ ।
त्यसैगरी, प्रधानाध्यापकहरूले वार्षिक शैक्षिक कार्ययोजना निर्माण गरी लागू गर्ने, कार्यसम्पादनका आधारमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीले कठिन ठानेका विषयमा आवश्यकताअनुसार अतिरिक्त कक्षा सञ्चालन गर्ने, विपन्न विद्यार्थी पहिचान गरी आयआर्जनका लागि सीपमूलक र उद्यमशीलता तालिम सञ्चालन गर्ने, अतिरिक्त सृजनात्मक क्रियाकलाप सञ्चालन गर्न शिक्षकको व्यवस्थापन गर्ने, वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई एकरूपताका लागि एकै प्रकारको ‘ब्याच’को व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया