घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्कीको समरुङका दीपेन्द्र गुरुङले जितेका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ खिवाङदेखि घोडेपानीसम्मको ६ दशमलव पाँच किलोमिटर दूरी उनले २८ मिनेट ४१ सेकेण्डमा पुरा गरे ।
यस्तै २८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो भए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५५ हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको सो प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलातेलगायत ठाउँका २५ जना सहभागी भएका थिए ।
घोडा दौडका लागि खिवाङदेखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल– भलखरा –लरेनी, कालिसार हुँदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताका संयोजक वीरेन गर्बुजा पुनले बताए । पर्यटन प्रवद्र्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
“घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ”, घोडेपानीका घोडा व्यवसायी याम पुनले भने, “सौखिन पर्यटक घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिँड्न नसक्ने पर्यटक घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ”
घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । फागु पूर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । घोडा दौड अवलोकनका लागि उल्लेख्य सङ्ख्यामा पर्यटकको उपस्थिति थियो ।
पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटक आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।
घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ । परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ नागरिकलाई भारतीय बजार जाने आउने माध्यम घोडा नै थिए ।










रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया