सोमबार, चैत १६, २०८२

माछापुच्छ्रे बैंकको ११ लाख बढी कित्ता शेयर बिक्रीमा

मेरोन्यूज २०८० चैत १२ गते १०:२५

काठमाडौं । माछापुच्छ्रे बैंकको ११ लाख १६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकको संस्थापक समूहको कुल ११ लाख १६ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको १० लाख ५६ हजार ९१७ कित्ता र दीपकराज दलीको ५९ हजार ६५६ कित्ता रहेको छ।

यसअघि यी शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि खुला गरिएको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यसका लागि आफूले लिन चाहेको शेयर संख्या र मूल्य खुलाई काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा निवेदन दिन सकिनेछ।

प्रतिक्रिया