त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
मेरोन्यूज
२०८० चैत १३ गते १९:४५

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।
गर्भवतीको नियमित स्वास्थ्य जाँच गर्न त्रिपुराकोट स्वास्थ्यचौकीमा उक्त आरम्भ गरिएको हो । यसअघि यहाँ तीन तीन महिनामा घुम्ती सेवामार्फत भिडियो एक्सरे सेवा प्रदान गरिँदै आएको थियो ।
“अबदेखि स्वास्थ्य चौकीबाटै दैनिकरुपमा सेवा प्रदान गरिने छ”, नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तुलबहादुर श्रेष्ठले भने । नगरपालिका र स्वास्थ्य सेवा विभागबाट भिडियो एक्सरे मेसिन उपलब्ध भएसँगै उक्त सेवा नियमित गरिएको हो । यसअघि गर्भवतीले स्वास्थ्य जाँच गर्न सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियो ।
स्वास्थ्यकर्मी रोजिना पहाडी र धर्मादेवी बोहोराले उक्त सेवा प्रदान गरिरहेका छन् ।
सम्बन्धित










शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रवि लामिछाने आज नछुट्ने
प्रतिक्रिया