कर्णालीमा ९ सय क्षयरोगका नयाँ बिरामी

भेरीगङ्गा (सुर्खेत) । कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन् ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा क्षयरागको सङ्क्रमण देखिएको थियो । जबकि चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नौ सय तीन बिरामी थपिएका हुन् ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा धेरै सुर्खेतमा तीन सय १८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।
यस्तै, सल्यानमा एक सय ४९, रुकुमपश्चिमा एक सय एक र दैलेखमा ९९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग स्रोतव्यक्ति दयाराम पङ्गालीले जानकारी दिए । उनका अनुसार जाजरकोटमा ८६, कालीकोटमा ५२, जुम्लामा ५४, डोल्पामा १९, हुम्लामा १३ र मुगुमा १२ नयाँ क्षयरोगका बिरामी चालु आर्थिक वर्षको आठ महिनामा फेला परेका छन् ।
कर्णालीमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको जनाउँदै पङ्गालीले बिरामीलाई उपचारको दायरामा ल्याउने गरी प्रचारप्रसार भइरहेको बताए ।










राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
प्रतिक्रिया