संसदीय टोलीद्वारा जिल्ला कारागार बाँकेको स्थलगत अनुगमन

नेपालगञ्ज । संसदीय टोलीले जिल्ला कारागार बाँके र जयन्दु बाल सुधारगृहको आज स्थलगत अनुगमन गरेको छ ।
प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा आएको छ सदस्यीय संसदीय टोलीले कारागार र बाल सुधारगृहको अनुगमन गरेको हो ।
समितिका सदस्य पूर्णबहादुर घर्तीले कारागार र बाल सुधारगृहको नीतिगत तथा भौतिक संरचनाको सुधारलगायतका विषयमा जानकारी लिएको बताए ।
“जे जस्ता समस्या देखिएका छन्, त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराइनेछ”, उनले भने ।
कारागार कार्यालयका प्रमुख अर्जुनजङ्ग शाहले संसदीय टोलीलाई कारागारको अवस्थाका बारेमा विस्तृत जानकारी गराएका थिए । संसदीय टोलीमा समितिका सदस्य ध्रुव बहादुर प्रधान, शेरबहादुर कुँवर, चन्द्रबहादुर विक, रेखा चौधरीलगायत थिए । उक्त टोलीले बिहीबार बर्दियास्थित जिल्ला कारागार र शुक्रबार सुर्खेतमा रहेको कारागारको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
















राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया