सोमबार, फागुन ४, २०८२

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता

मेरोन्यूज २०८० चैत १५ गते ११:२२

काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो। नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा पहिलाेपटक बालुवाटार पुगेका हुन्।

भेटमा देउवालाई संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्रीको आग्रहमा देउवाले सकारात्मक जवाफ दिएका स्रोतले जनाएको छ।

यस्तै संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि दुई नेताबचि छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए।

प्रतिक्रिया