ज्येष्ठ नागरिक सरोकार केन्द्रका काम प्रभावकारी : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएका बताएकी छन् ।
घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा आज भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताइन् । उनले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
त्यस अवसरमा मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उनीहरुलाई जीवनयापनमा निकै सहज भएको धारणा राखिन् ।
कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको बताइन् । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गर्दै उनले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताइन् ।
पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले ज्येष्ठ नागरिक सरोकार केन्द्रमा रहेको पार्कलाई व्यवस्थित गर्नेलगायत अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक पहलका लागि आफ्नातर्फबाट कोसिस रहने बताइन् ।
















अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया