गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बनेको छ । यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन् ।
रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको बासस्थान रहेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । उनका अनुसार दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइने परियोजना अधिकृत पन्थीले बताए। उनका अनुसार नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा रहेका छन् ।
पन्छी संरक्षण सङ्घले गरेकोे चरा गणनाअनुसार रेसुङ्गा क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका परियोजना अधिकृत पन्थीले जानकारी दिए । जिल्लाका दुईवटा वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययनअनुसार दुवै क्षेत्रमा गरी तीन सय पाँच प्रजातिका चरा भेटिएका भन्दै यो सङ्ख्या नेपालमा पाइने प्रजातिमध्येको ३५ प्रतिशत रहेको उनले बताए ।
विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको सरोकारवाला बताउँछन् । यो प्रजाति अति सङ्कटापूर्ण अवस्थामा रहेकाले यसको बासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् ।
पन्छी संरक्षण सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वनजङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनसँग जोडिने काम गरिरहेको छ ।
गुल्मीलाई भविष्यमा चरा पर्यटकका रुपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहबाट आवश्यक सहयोग पु¥याउन रेसुङ्गा नगरपालिका सधैँ तयार रहेको नगर प्रमुख खिलध्वज पन्थीले बताए। दुर्लभ प्रजातिका चरा संरक्षणका लागि मुख्य चुनौतीका रुपमा बासस्थान, खानेपानीको अभाव रहेको उनको भनाइ छ ।
अतिरिक्त वन–डढेलो, विद्युतीय प्रसारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायत कारणले दुर्लभ प्रजातिका चरा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पन्छी संरक्षण सङ्घले जनाएको छ । सङ्घले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

















Hridayachandra Memorial Award conferred on Ram Binaya
16 days left to go for elections: Number of candidates opening bank account on rise
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया