साङ्ग्रिला विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर । मोरङको साङ्ग्रिला फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
गएराती विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लबले भुटानको आरटिएफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
साङ्ग्रिलाको जितमा आशिष चापागाईँ, सुशील राई र स्याङले एक एक गोल गरेका थिए । त्यसैगरी भुटानको आरटिएफसीका लागि सोरव दार्जे दुवै गोल गरेका थिए ।
प्रतियोगितामा नेपालका सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली, न्युरोड टिम, मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए छन् ।
यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिएफसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गरेका छन् ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । आइतबारको खेल काठमाडौँको एनआरटी फुटबल क्बल र भारतको सिक्किम ड्रागनबीच हुनेछ ।
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया