आइतबार, माघ ११, २०८२

गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

मेरोन्यूज २०८० चैत १८ गते १४:५०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

खेल केहिबेरमा सुरु हुँदै छ ।

प्रतिक्रिया