बुधबार, वैशाख १६, २०८३

व्यवसायी विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेरोन्यूज २०८० चैत १८ गते १५:३९

काठमाडौं । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement
NiccNicc

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो ।

कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा विशाल पण्डितसमेतले स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । पण्डित होटल बसेराका मालिकसमेत हुन् ।

अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रूपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया