अनलाइनमार्फत ठगी गर्ने तीन चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०८० चैत १८ गते १७:४३

वीरगन्ज। पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्।
उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिए।
उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सम्बन्धित













यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया